+
+
Shares

दार्चुलामा भिरबाट लडेर दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १६ गते १६:०८

१६ असार, कैलाली । दार्चुलामा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मार्मा गाउँपालिका –४ थामुकी ३५ वर्षीया भागरथी महरा र शैल्यशिखर नगरपालिका –४ कुरेधारकी १५ वर्षीया कलावती ठगुन्ना रहेको प्रहरीले जनाएको छ ।

सोमबार साँझ घाँस काट्दा भिरबाट खसेकी महराको घटनास्थलमै मृत्यु भए पनि प्रहरीले घटनाबारे मंगलबार बिहान मात्रै जानकारी पाएको थियो । ‘हामीलाई आज बिहान मात्रै खबर आएको हो’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्र जोशीले भने, ‘भिरबाट लडेर उहाँको राति नै मृत्यु भइसकेको रहेछ ।’

ठगुन्नाको पनि सोमबार नै भिरबाट लडेर ज्यान गएको उनले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?