+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

भारतले हटाउन लागेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले नेकपा स्थायी कमिटी बैठक प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १६ गते १६:१४

१६ असार, काठमाडौं । आफूलाई पदबाट हटाउन भारत लागेको भनी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको पछिल्लो अभिव्यक्तिले नेकपा स्थायी कमिटी बैठक प्रभावित भएको छ। मंगलबारको बैठकको सुरुमै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको सो अभिव्यक्ति गम्भीर रहेको भन्दै छलफल हुनुपर्ने बताएका हुन् ।

त्यस्तै, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमलगायतले पनि प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर ढंगले आएकाले यसबारेमा बैठकलाई यथार्थ जानकारी गराउनुपर्ने धारणा राखेको एक स्थायी कमिटी सदस्यले बताए ।

स्थायी कमिटी बैठक चलिरहेकै बेला प्रधानमन्त्रीले आइतबार मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा आफूलाई भारतले हटाउन लागेको अभिव्यक्ति दिएका थिए ।

नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । मंगलबारको बैठकमा प्रधानमन्त्री ओली पनि उपस्थित छन् ।

प्रधानमन्त्रीलाई पछिल्लो अभिव्यक्तिले थप अप्ठ्यारोमा पारेको छ । स्थायी कमिटीमा स्पष्ट अल्पमतमा रहेका ओलीले आफूलाई हटाउन प्रचण्ड र माधव नेपाल पक्ष लाग्ने सम्भावना देखेर यस्तो अभिव्यक्ति दिएको आरोपसमेत लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?