+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

दिनहुँ प्रयोग गर्नुपर्छ तुलसी, यस्तो छ औषधीय गुण 

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १७ गते ९:२४

तुलसीको नियमित सेवनले अनेकौं स्वास्थ्य लाभ मिल्छ । खासगरी श्वासप्रश्वास प्रणालीमा यसले राम्रो प्रभाव पार्छ । श्वासप्रश्वास प्रणालीको झिल्लीमा स्वास्थ्यप्रद प्रभाव पार्न तुलसीमा अद्भूत क्षमता हुन्छ ।

त्यसो त अरू थुप्रै औषधीय गुणले भरिपूर्ण वनस्पति, तुलसी । धेरैको घर आँगनमा त तुलसी रोपिएकै हुन्छ । आयुर्वेदमा यसको खास महत्व छ। त्यसैले तुलसीलाई पुज्ने गर्छौं‌, जो मानव स्वास्थ्यका लागि अति लाभदायक मानिन्छ।

विधिपूर्वक नियमित रुपमा तुलसी सेवन गर्ने व्यक्तिलाई रोगको संक्रमण हुँदैन। तुलसी सेवन गरिरहँदा अनेकौं रोगबाट सुरक्षित भइन्छ। यद्यपि त्यसका लागि विधि भने थाहा हुनुपर्छ।

विधि

बिहान खाली पेटमा चार-पाँच तुलसीको पात सेवन गर्नुपर्छ। यो पातलाई दुई चम्चा पानीसँग वा पिसेर सेवन गर्न सकिन्छ । त्यसो त चार-पाँचवटा पात चपाए पनि फाइदा गर्छ ।

विशेष

१.  तुलसीको प्रयोगले छातीमा चिसो लाग्न पाउँदैन । कफ निकाल्छ । छातीको दुखाइ पनि कम गर्छ ।

२. तुलसीको प्रयोगले ज्वरोको समस्या पनि हुँदैन । निमोनिया वा मलेरियाको ज्वरोमा तुलसी र मरिचको तीन दाना एक चम्चामा पानीमा घोलेर केही दिन पिउनुपर्छ ।

तुलसीको चिया

अदुवा, मरिच र तुलसीको मिश्रणको चिया पिउनुपर्छ, स्वास्थ्यमा निकै फाइदा गर्छ । तुलसीको चिया बनाउनका लागि पात चाहिन्छ । त्यसलाई सुकाएर चूर्ण बनाउनुपर्छ । त्यसमा राम्ररी पिसेको मरिचको चाहिन्छ । सुख्खा अदुवाको धुलो मिसाउनुपर्छ । अब यो मिश्रणलाई तातो पानीमा उमाल्नुपर्छ । राम्ररी उम्लिएपछि पाँच मिनेटजति ढक्कनले छोप्नुपर्छ। त्यसमा एक सय ग्राम जति सख्खर हालेर सेवन गर्नुपर्छ । यसले टाउको दुखेको, नाक बन्द भएको, पिनास, श्वासनली बन्द भएको समस्यामा ठिक गर्छ ।

तुलसी र दूधको मिश्रण

तुलसीलाई दूधसँग पनि मिसाएर सेवन गर्न सकिन्छ । यसरी तुलसी र दूधको मिश्रण बनाउँदा त्यसले थप लाभ गर्छ। खासगरी यस्तो मिश्रण खाली पेटमा सेवन गर्नुपर्छ ।

१. साससम्बन्धी रोगमा फाइदा

यदि कसैलाई दम वा श्वासप्रश्वाससम्बन्धी समस्या छ भने दूध र तुलसी सेवन गर्नुपर्छ । बिहान खाली पेटमा नियमित दूध र तुलसी सेवन गर्दा फाइदा मिल्छ।

२. टाउको दुखाइमा

टाउको दुख्ने समस्या छ भने पनि तुलसीको पात र दूधको मिश्रण उपयोगी हुन्छ । यसले हरेक उमेरका व्यक्तिलाई ठिक गर्छ । माइग्रेनजस्तो समस्यामा पनि यो लाभदायक हुन्छ ।

३. मुटुलाई स्वस्थ्य राख्ने

जसलाई मुटुसम्बन्धी समस्या छ, उनीहरूले बिहान खाली पेटमा दूध र तुलसी सेवन गर्नुपर्छ ।

४. तनाव हटाउँछ

यस किसिमको पेयले स्नायु प्रणालीलाई आनन्दित तुल्याउँछ । त्यसले तनावको स्तर कम गर्छ । डिप्रेसन वा चिन्ताको अवस्थामा तुलसी र दूधको मिश्रण सेवन गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?