Comments Add Comment

उपत्यका प्रवेश गर्ने नाकाबाट झण्डै ४ सय गाडी फर्काइयो

हालैका दिनमा नागढुंगा नाकाबाट काठमाडौं प्रवेश गर्न लागेको गाडी ।

१७ असार, काठमाडौं । प्रहरीले बुधबार काठमाडौं उपत्यका प्रवेश गर्न लागेका झण्डै चार सय सवारी साधनलाई नाकाबाटै फिर्ता पठाएको छ ।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार नागढुंगा, फर्पिङ र भक्तपुरको जगाती नाकाबाट झण्डै ४ सय गाडी र केही पैदलयात्रीलाई फर्काइएको छ । नागढुंगा नाकाबाट एउटा बस, एउटा ट्रक, पाँच वटा ट्याक्सीसहित ४६ वटा चारपाङ्ग्रे र ६५ वटा मोटरसाइकल फिर्ता पठाइएको छ ।

यस्तै फर्पिङ नाकाबाट यात्रु बोकेको एउटा एम्बुलेन्ससहित ६ वटा चारपाङ्ग्रे, ३० वटा मोटरसाइकल र १९ जना पैदल यात्रीलाई फिर्ता पठाइएको उनले बताए ।

यस्तै भक्तपुरको जगाती नाकाबाट १३० वटा चारपाङ्ग्रे र १२३ वटा मोटरसाइकल फिर्ता पठाइएको छ ।

बाहिरी जिल्लाबाट प्रवेश गर्नेहरुबाट कोरोना संक्रमण हुन सक्ने भन्दै सरकारले उपत्यकाका मुख्य नाकाबाट हुने असुरक्षित प्रवेशमा कडाइ गरेको छ ।

सरकारले पसल तथा कार्यालय खोल्न दिने निर्णय गरेपछि उपत्यकाबाहिरबाट फर्किनेको संख्या बढेको छ । तर, उपत्यका प्रवेशका लागि गृह मन्त्रालयको सहमतिसहितको सवारी पासविनाको सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ ।

काठमाडौं प्रवेशका लागि यहाँ बसोबास गर्ने स्थानीय तहको सिफारिस बनाएर हाल आफू रहेको जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment