Comments Add Comment

चेल्सी र लेस्टर पराजित

१८ असार, काठमाडौं । प्रिमियर लिगको शीर्ष चारको होडमा रहेका लेस्टर सिटी र लण्डन क्लब चेल्सी पराजित भएका छन्। तेस्रो स्थानको लेस्टर सिटी एभरटनसँग र चौथो स्थानको चेल्सी वेष्टह्यामसँग ३-२ ले पराजित भएका हुन् ।

दुई टोलीको हारले पाँचौ स्थानको म्यानचेष्टर युनाइटेड र छैटौं स्थानको वल्भ्सको शीर्ष चारमा रहने सम्भावना कायमै रहेको छ । अर्को लण्डन क्लब आर्सनलले नर्विच सिटीलाई पराजित गर्दै अर्को सिजन युरोपियन प्रतियोगिता खेल्ने सम्भावना कायमै राखेको छ ।

रिचालिर्सन र जिल्पी सिगरसुनले खेलको २० मिनेटभित्रै गोल गर्दा एभरटनले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको हो । १०औं मिनेटमा रिचार्लिसन र १९औं मिनेटमा सिगुरसनले पेनाल्टीमा गल गर्दै एभरटनलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा लेस्टरले एक गोल फर्काए पनि हार टार्न सकेन । ५१ औं मिनेटमा लेस्टरका केलेसी इहनाचोले गोल फर्काएका थिए । बराबरीपछि लेस्टर ३२ खेलबाट ५५ अंकसहित तेस्रो स्थानमै यथावत छ । एभरटन ३२ खेलबाट ४४ अंक जोड्दै ११ औ स्थानमा उक्लेको छ ।

यस्तै  चौथो स्थानको चेल्सी रेलिगेसन जोनको वेष्ट्याम युनाइटेडसँग ३-२ ले स्तब्ध भएको छ । विलियनको गोललबाट चेल्सीले पहिले अग्रता लिएपनि खेल सकिन एक मिनेट बाँकी रहँदा एन्ड्री यार्मालोन्कोले गोल गरेपछि वेष्टह्याम विजयी भएको हो ।

खेलको ३४औं मिनेटमा टोमस साउसेकले गोल गरेपनि भिएआरले मान्यता दिएन। ४२औं मिनेटमा विलियनले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ४५औं मिनेटमा साउसेकले नै वेष्टह्यामका लागि बराबरी गोल फर्काए । ५१औं मिनेटमा मिचेल एन्टोनिओले गोल गर्दै वेष्टह्यामलाई २-१ को अग्रता दिलाए ।

७२औं मिनेटमा विलियनले चेल्सीका लागि फेरि बराबरी गोल फर्काए । तर ८९औं मिनेटमा यार्मालेन्कोले गोल गरेपछि वेष्टह्यामले चेल्सीविरुद्ध जित हात पारेको हो ।

हारपछि चेल्सी ३२ खेलबाट ५४ अंकसहित चदथो स्थानमै यथवत छ । जितपछि वेष्टह्याम भने रेलिगेसन क्षेत्रबाट माथि उक्लँदै १६औं स्थानमा पुगेको छ । वेष्टह्यामको ३२ खेलबाट ३० अंक छ ।

पिएरे एमरिक ओवामेयाङले दुई गोल गरेपछि बर्सनलले नर्विचलाई ४-० ले पराजित गरेको छ । ओवामेयाङले खेलको ३३औं र ६७औं मिनेटमा गोल गरेका थिए । यस्तै ग्रान्ट जाकाले ३७औं र सेड्रि सोएसरले ८१औं मिनेटमा गोल गरे ।

जितपछि ३२ खेलबाट ४६ अंक जोड्दै आर्सनल सातौँ स्थानमा उक्लेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment