+
+
Shares

लाजिम्पाटमा ड्रोन उडाउने ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १८ गते १२:४०

१८ असार, काठमाडौं । अनुमतिविना ड्रोन उडाउने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२ लाजिम्पाटमा विनाअनुमति ड्रोन उडाएपछि मार्चिङ एण्ड प्रालिका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१० का ३१ वर्षीय रवि शाक्यसहित सोही कार्यालयका अन्य तीनजना रहेको प्रहरीले जनाएको छ ।

लाजिम्पाटमा ड्रोन उडाएको भन्ने सूचनाका आधारमा हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले ड्रोन उडाउँदै गरेको अवस्थामा नीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले उडाएको ड्रोन निषेधित क्षेत्रमा पुगेकोले अनुसन्धान भइरहेको प्रहरीले बताएकै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?