Comments Add Comment

आँखाको दृष्टि राम्रो बनाउने प्राकृतिक तरिका

अहिले धेरैको लागि अनिवार्य आवश्यक्ता बनेको छ, चस्मा । अर्थात उनीहरुमा कुनै न कुनै आँखाको समस्या छ । आँखाको दृष्टि नै गुमाउनु प¥यो भने ? सामान्य अवस्थामा भएकाले यस्तो कल्पना पनि गर्न सक्दैनन् । जबकी आँखामा के कारणले क्षति पुग्छ, कसरी यसको दृष्टि सुरक्षित राख्ने भनेर खासै सरोकार राखेको पनि पाइदैन ।

खासगरी मोबाइल, ल्यापटप जस्ता आधुनिक उपकरणको उपलब्धता आँखाको लागि हानिकारक बन्देछ । मान्छेहरु टेलिभिजन अगाडि झुम्मिन्छन् । मोबाइलमा घण्टौं बिताइदिन्छन् । ल्यापटप एवं कम्प्युटरमा बसेपछि रात बितेको पत्तो पाउँदैनन् । यसरी स्क्रिनसँग जति–जति निकटता र लगाव बढ्दैछ, उत्तिनै आँखाको दृष्टि गुमाउने जोखिम बढ्दैछ ।

अर्कोतिर विद्युतिय उपकरण खासगरी चहकिलो उज्यालोमा बस्ने बानीले पनि आँखामा प्रत्यक्ष असर गरिरहेको छ । त्यसमाथि शहरी क्षेत्रमा धुलो–धुँवा एवं प्रदूषण थपिएको छ, जसले आँखाको दृष्टि खराब गरिरहेको छ । हाम्रो जीवनशैली, खानपान आदिले पनि आँखाको दृष्टिलाई प्रभाव पार्ने बताइन्छ ।

आँखाको दृष्टि नै कमजोर भएपछि उपचार खोज्नुभन्दा आँखालाई स्वस्थ राख्नु सर्वोत्तम हुन्छ । यसका लागि केही सावधानी र प्राकृतिक विधी अपनाए पुग्छ । आँखालाई स्वस्थ राख्ने केही व्यायाम वा तौर तरिका छन् । जस्तो कि, बिहान उठ्नासाथ चिसो पानी छ्याप्ने, आँखा झिमझिम गर्ने, स्क्रिनको समय कटौती गर्ने, हरियो सागपात सेवन गर्ने ।

स्क्रिनको समय घटाउने

एकोहोरो मोवाइल, ल्यापटपमा हेरिरने वा लामो समय बिताउने कुरामा  परिवर्तन गर्न सकिन्छ । अहिलेको अवस्थामा आँखालाई सुरक्षित राख्नु भनेको स्क्रिनको समय कटौती गर्नु नै हो । टेलिभिजन, ल्यापटप, मोबाइल आदिमा लामो समय बिनाउनु उचित हुँदैन ।

 खानपान

खानपान पेट भर्नका लागि मात्र होइन, शरीर स्वस्थ राख्न पनि हो । आँखाको दृष्टि कायम राख्न पनि खानपानले भूमिका खेल्छ । खासगरी हरियो सागसब्जी आँखाको स्वास्थ्यको लागि राम्रो मानिन्छ । यसैगरी खानामा माछा, पालुंगो, फल तथा हरियो सागलाई समावेश ग¥यौं भने आँखा सुख्खा रहने समस्या समाधान हुन्छ ।

आँखा झिमझिम गर्ने

परेला झिमझिम गर्नाले आँखालाई स्वस्थ राख्न सहयोग गर्छ । यसबाट आँखा ताजा र तनावमुक्त रहन्छ । कम्प्युटरको प्रयोग गर्ने व्यक्तिहरु आफ्नो आँखा कम झिम्क्याउँछन् । यस्ता व्यक्तिहरुले हरेक सेकेन्डमा आफ्नो आँखा झिम्क्याउनु आवश्यक हुन्छ ।

आँखाको व्यायाम

आँखाका केही व्यायामहरु गरेर पनि आँखालाई स्वस्थ राख्न सकिन्छ । यसका लागि आफ्ना दुवै हत्केलालाई आपसमा रगड्नु पर्छ र जब हत्केला तातो हुन्छ, त्यसलाई हल्का रुपमा आँखामाथि राख्नुपर्छ ।

पानी छ्याप्ने

समय–समयमा सफा पानीले आँखा धोइरहनुस । यसबाट आँखामा डिहाइड्रेसन हुन पाउँदैन र स्वस्थ रहन्छ । बाहिरबाट घर फर्केपछि मुख धुँदा आँखामा पानी छम्किने बानी गरौं ।

सनग्लासको प्रयोग

चर्को घाम वा धुलो–धुँवाबाट आँखालाई सुरक्षित राख्नका लागि सन ग्लास उपयुक्त हुन्छ । यसले धेरै हदसम्म आँखालाई सुरक्षित राख्छ ।

नियमित जाँच

आँखा कमजोर भएका व्यक्तिहरुले नियमितरुपमा आफ्नो आँखाको जाँच गराउनुपर्छ । आँखाको प्रकाश  ठिक छ र पढ्न–लेख्न कुनै कठिनाई भइरहेको छैन भने पनि वर्षमा कम्तिमा एक पटक आँखाको जाँच अवश्य गराउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment