+

अँध्यारोमा किन हाम्रो आँखाले देख्दैन ?

२०८२ जेठ  २१ गते १६:५९ २०८२ जेठ २१ गते १६:५९
अँध्यारोमा किन हाम्रो आँखाले देख्दैन ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अँध्यारोमा हाम्रो दृष्टि प्रकाशको अभावले गर्दा देख्न सक्दैन किनभने रेटिनामा पर्याप्त प्रकाश पुग्दैन।
  • केही जीवहरू जस्तै उल्लू र बिरालोले विशेष अनुकूलताका कारण राति राम्रो देख्न सक्छन् र आधुनिक प्रविधिले यसलाई सम्भव बनाएको छ।

आँखा हाम्रो शरीरको अति नै महत्वपूर्ण र संवेदनशील अंग हो, जसले हामीलाई वरपरको संसार देख्न सक्षम बनाउँछ । यो प्रकाशको उपस्थितिमा उत्कृष्ट रूपमा काम गर्छ, तर अँध्यारोमा हाम्रो दृष्टि लगभग हराउँछ । अँध्यारोमा हाम्रो आँखाले किन देख्दैन भन्ने प्रश्नको जवाफ मानव आँखाको जैविक संरचना, प्रकाशको भौतिक गुण र दृष्टि प्रक्रियाको वैज्ञानिक सिद्धान्तमा आधारित छ ।

मानव आँखाले कसरी काम गर्छ भन्ने बुझ्न अँध्यारोमा किन देख्न सकिँदैन भन्ने कारण बुझ्नु जरुरी छ । आँखाको बनोट जटिल प्रकृतिको हुन्छ ।

आँखाका मुख्य भाग र तिनको काम

कर्निया : यो आँखाको अगाडिको पारदर्शी तह हो यसले प्रकाशलाई भित्र प्रवेश गर्न दिन्छ र फोकस गर्न मद्दत गर्छ ।

नानी : नानी आँखाको बीच भागमा रहन्छ । यो सानो प्वालले प्रकाशको मात्रालाई नियन्त्रण गर्छ । यसको प्वाल उज्यालोमा सानो र अँध्यारोमा ठूलो हुन्छ।

लेन्स : नानीको पछाडि रहेको लेन्सले प्रकाशलाई केन्द्रित गरेर त्यसको चित्र रेटिनामा बनाउँछ।

रेटिना : प्रकाश-संवेदनशील कोशिकाहरू रहेको आँखाको पछाडिको तह रेटिना, यी कोशिकाहरूले प्रकाशलाई विद्युतीय संकेतमा परिवर्तन गर्छन्।

फोटोरिसेप्टर : रेटिनामा दुई प्रकारका फोटोरिसेप्टरहरू हुन्छन्- रड र कोन । रडहरू कम प्रकाशमा संवेदनशील हुन्छन् भने कोनहरू रङ र विवरणका लागि संवेदनशील हुन्छन् ।

अप्टिक नर्भ : रेटिनाले मस्तिष्कमा विद्युतीय संकेतहरू पुर्‍याउँछ, यसबाट हामीले देखेको कुरा मस्तिष्क सम्म पुग्छ ।

कुनै वस्तुबाट प्रकाश परावर्तित भएर आँखामा प्रवेश गरेपछि हामीले देख्ने प्रक्रिया सुरु हुन्छ । यो प्रकाश कर्निया र लेन्समा केन्द्रित हुन्छ र देखिएको कुराको चित्र हाम्रो रेटिनामा बन्छ । रेटिनाका फोटोरिसेप्टरहरूले यो प्रकाशलाई विद्युतीय संकेतमा परिवर्तन गर्छन्, जुन अप्टिक नर्भमार्फत मस्तिष्कमा पुग्छ ।

यसपछि हामीले के देखेका हौँ भन्ने कुरा मस्तिष्कका संकेतहरूले स्पष्ट पार्छ । अनि हामीले थाहा पाउँछ, कुन कुरा हामीले देखिरहेकाछौँ भनेर ।

देख्नमा प्रकाशको महत्व

हाम्रो दृष्टिका लागि प्रकाश अनिवार्य तत्त्व हो । कुनै वस्तुमा परेको प्रकाश परावर्तन भई हाम्रो आँखामा प्रवेश गरेपछि मात्रै हामी देख्न सक्छौँ । यही कारणले अँध्यारोमा हामीले आँखा देख्दैनौँ  । मानव आँखाले केवल दृश्य प्रकाशलाई मात्र ग्रहण गर्न सक्छ, जुन इलेक्ट्रोम्याग्नेटिक स्पेक्ट्रमको एक सानो हिस्सा हो । अँध्यारोमा, जब प्रकाशको उपस्थिति न्यून वा शून्य हुन्छ, रेटिनामा कुनै छवि बनाउन पर्याप्त प्रकाश पुग्दैन। यो अँध्यारोमा नदेख्नुको प्राथमिक कारण हो।

प्रकाशको अभावले किन असर गर्छ ?

रेटिनाका रड र कोन कोशिकाहरू प्रकाशको उपस्थितिमा मात्र सक्रिय हुन्छन् । रडहरू कम प्रकाशमा काम गर्न सक्षम हुन्छन्, तर पूर्ण अँध्यारोमा तिनीहरू पनि सक्रिय हुँदैनन् । रड कोशिकाहरूमा रोडोप्सिन नामक फोटोपिग्मेन्ट हुन्छ, जुन प्रकाशको सम्पर्कमा आएर टुक्रिन्छ र विद्युतीय संकेत उत्पन्न गर्छ । प्रकाशको अभावमा यो प्रक्रिया सुरु हुँदैन।

मस्तिष्कले रेटिनाबाट कुनै संकेत प्राप्त नगर्दा त्यहाँ कुनै चित्र बन्न सक्दैन, जसले गर्दा हामी अँध्यारोमा देख्न सक्दैनौं।

उज्यालोबाट अँध्यारोमा जानेबित्तिकै किन केही देखिँदैन् ?

जब हामी उज्यालोबाट अँध्यारो वातावरणमा प्रवेश गर्छौं, सुरुमा हामीले त्यहाँ केही देखिरहेका हुँदैनौँ तर बिस्तारै हामीले मधुरा दृश्य देख्न थाल्छौँ । हाम्रो आँखालाई अनुकूलन हुन केही समय लाग्छ । यो प्रक्रियालाई डार्क एडप्सन भनिन्छ । यसका पनि केही चरणहरू हुन्छन्

नानीको विस्तार : अँध्यारोमा आँखाको नानी ठूलो हुन्छ ता कि अधिकतम प्रकाश आँखामा प्रवेश गर्न सकोस।

रोडोप्सिनको रिजेनेरेसन : रड कोशिकाहरूमा रोडोप्सिन पिग्मेन्ट रिजेनेरेसन हुन्छ, जुन प्रकाशको अभावमा बिस्तारै निर्माण हुन्छ । यो प्रक्रिया पूरा हुन 20-30 मिनेट लाग्न सक्छ।

रड कोशिकाहरूको सक्रियता : रडहरू कम प्रकाशमा संवेदनशील हुन्छन् र यिनीहरूले अँध्यारोमा न्यूनतम प्रकाशमा पनि केही दृष्टि प्रदान गर्न सक्छन् ।

यद्यपि, यदि वातावरणमा कत्ति पनि प्रकाश नै छैन भने, यो अनुकूलन प्रक्रियाले पनि काम गर्दैन।

केही जीवले किन राति देख्छन् ?

केही जीवहरू, जस्तै बिरालो, उल्लू वा रातमा सक्रिय हुने जनावरहरू, कम प्रकाशमा राम्रोसँग देख्न सक्षम हुन्छन् । यी जीवहरूको आँखामा विशेष अनुकूलनता हुन्छन्:
उनीहरूको नानी ठूलो हुन्छ, जसले न्यूनतम प्रकाशलाई पनि ग्रहण गर्न सक्छ।

रेटिनाको पछाडि रहेको टेपेटम ल्यूसिडम, यो एक परावर्तक तह हो जसले प्रकाशलाई दोहोर्‍याएर रेटिनामा फर्काउँछ, जसले दृष्टिको संवेदनशीलता बढाउँछ । यसैले बिरालोको आँखा अँध्यारोमा चम्किन्छ।

धेरै रड कोशिकाहरू : यी जनावरहरूको रेटिनामा रड कोशिकाहरूको संख्या धेरै हुन्छ, जसले कम प्रकाशमा पनि दृष्टि सम्भव बनाउँछ।

मानव आँखामा यी कुराहरूको अभाव छ । त्यसैले हामी रातमा सक्रिय हुने जीवहरूको तुलनामा कम देख्छौँ ।

राति देख्ने प्रविधि

आधुनिक प्रविधिले अँध्यारोमा देख्ने सीमितताहरूलाई पार गर्न मद्दत गरेको छ । नाइट भिजन चस्मा, इन्फ्रारेड क्यामेरा र थर्मल इमेजिङ जस्ता प्रविधिहरूले कम प्रकाश वा पूर्ण अँध्यारोमा पनि वस्तुहरू देख्न सम्भव बनाएका छन् । यी उपकरणहरूले इन्फ्रारेड वा अन्य तरङ्गको प्रकाश प्रयोग गर्छन्, जुन मानव आँखाले देख्न सक्दैन, तर यन्त्रहरूले तिनलाई दृश्य प्रकाशमा परिवर्तन गर्छन् ।

आँखा रात
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अँध्यारोमा किन हाम्रो आँखाले देख्दैन ?

अँध्यारोमा किन हाम्रो आँखाले देख्दैन ?

राति ड्युटी गर्नेहरूमा देखिन्छन् यस्ता स्वास्थ्य समस्या, के गर्ने ?

राति ड्युटी गर्नेहरूमा देखिन्छन् यस्ता स्वास्थ्य समस्या, के गर्ने ?

ब्रेसेसका लागि सबैभन्दा उपयुक्त समय १२ वर्षको उमेर हो (भिडियो)

ब्रेसेसका लागि सबैभन्दा उपयुक्त समय १२ वर्षको उमेर हो (भिडियो)

किन उठ्छ बिनासित्तिमा रिस ?

किन उठ्छ बिनासित्तिमा रिस ?

चुरोट छाडेको २४ घण्टादेखि ५ वर्षमा शरीरमा के-के परिवर्तन हुन्छ ?

चुरोट छाडेको २४ घण्टादेखि ५ वर्षमा शरीरमा के-के परिवर्तन हुन्छ ?

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो प्रत्यारोपण गराएका बिरामी डिस्चार्ज

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो प्रत्यारोपण गराएका बिरामी डिस्चार्ज