Comments Add Comment

‘लक्का जवान’ रिलिजको प्रतीक्षामा कलाकार

चलचित्र ‘लक्का जवान’ गत वर्षको चैत्र २१ गते नै रिलिज भएको भए कलाकारहरूको करियरमै यसले प्रभाव पार्ने निश्चित थियो । तर कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि चलचित्र रिलिज प्रभावित भयो ।

शिवहरि पौडेलको डेब्यु निर्देशनमा तयार भएको यो चलचित्रमा दिलीप रायमाझी, सलोन बस्नेत, प्रियंका कार्की, वर्षा शिवाकोटी, किरण केसीलगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्र रिलिज हुने नयाँ मिति सार्वजनिक नभए पनि कलाकारले पनि चलचित्रका तस्वीर सेयर गरेका छन् । उनीहरू चलचित्रको रिलिजको प्रतीक्षामा रहेको बुझ्न सकिन्छ।

कमेडी जनरामा बनेको यो चलचित्रमा दिलीपको जोडीको रुपमा प्रियंका र सलोनको जोडीको रुपमा वर्षा देखिएका छन्।

चलचित्रको निर्माणपक्षले चलचित्र रिलिज गर्ने वातावरण नबनेसम्म हलमा रिलिज नगर्ने बताइसकेको छ । यसैले पनि कलाकारहरूलाई चलचित्रको रिलिजका लागि अझै केही समय कुर्नुपर्ने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment