Comments Add Comment

पेरुमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

१९ असार, काठमाडौं । पेरुमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । बिहीबार पेरुको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म पेरुमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ४५ पुगेको छ । मुलुकको अर्थतन्त्रमा सुधारको लागि लकडाउन खुकुलो पारेको भोलिपल्ट कोरानो भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पेरुमा कोरोना भाइरसको कारण १८५ जनाको मृत्यु भएको छ ।

साथै पेरुमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि तीन लाखको नजिक पुगेको छ । अहिलेसम्म पेरुमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ९२ हजार चार पुगेको छ ।

यसैबीच पेरुमा अवाजुन आदिवासीका नेता सान्टियागो मानुइनको कोरोना भाइरसको कारण मृत्यु भएको छ । बुधबार कोरोना भाइरसका कारण उनको ६३ वर्षको उमेरमा मृत्यु भएको हो । उनले अमेजन क्षेत्रको रक्षा र आदिवासीको अधिकारको विषयमा आवाज उठाउँदै आएका थिए ।

स्रोत : अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment