+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
38/0 (4.4)
VS
चितवन राइनोज 2025
0/0
Shares

कैलालीमा जिपले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १९ गते १५:१६

१९ असार, कैलाली । कैलालीमा जिपले साइकललाई ठक्कर दिँदा शुक्रबार एक जनाको मृत्यु भएको छ । भजनी नगरपालिका-१ मा जिपले साइकललाई ठक्कर दिँदा स्थानीय ५५ वर्षीय राधे लोनियाको मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

विपरीत दिशाबाट आइरहेका म १ च ४९२ नम्बरको जिपले साइकलमा सवार लोनियालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको विष्टले जानकारी दिए ।

ठक्कर दिने जिपका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?