+
+

सरकार ढाल्न पाइँदैन भन्दै बुटवलमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १९ गते १८:४३

१९ असार, बुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग चर्किएपछि ओलीको बचाउमा बुटवलमा प्रदर्शन भएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश ५ को आयोजनामा मिलनचोकमा शुक्रबार दिउँसो साढे ४ बजे प्रदर्शन भएको हो ।

प्रदर्शनका सहभागी धेरैजसो नेकपाभित्रको ओली समूहका थिए । कतिपय वडा तहका जनप्रतिनिधि पनि प्रदर्शनमा सहभागी थिए ।

प्रदर्शनमा सहभागीहरुले ‘भारतीय मतियार होशियार, अस्थिरता हामीलाई चाँहिदैन, सरकार ढाल्न पाइदैन’, ‘लिम्पियाधुरा, लिपुलेक, कालापानी : केपी वली हुन् फर्काउनी’ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनपछि आयोजित कोणसभामा एकेडेमीका प्रदेश अध्यक्ष नरबहादुर घर्ती, धुव्र आचार्य, मजदुर नेता कमल गौतमले राष्ट्रियताको पक्षमा अडान लिएकै कारण पार्टीभित्र र बाहिरबाट प्रधानमन्त्री हटाउने खेल भएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?