+
+
Shares

सुदूरपश्चिममा एकै दिन भेटिए ५१५ कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १९ गते १९:५९

१९ असार कैलाली । सुदूरपश्चिम प्रदेशमा एकै दिन ५ सय १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, पाटन अस्पताल प्रयोगशाला ललितपुर, शिक्षण अस्पताल प्रयोगशाला र धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणमा एकै दिन ५ सय १५ जनामा कोरोना संक्रमण भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १४७ जना, त्रिवि शिक्षण अस्पतालमा ९६, पाटन अस्पतालमा २०७ र धनगढीको सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा सबैभन्दा धेरै अछााम जिल्लामा २३० जना संक्रमित भेटिएका छन् । त्यस्तै कैलालीमा ५८, बाजुरामा ५३, डोटीमा ४७, कञ्चनपुरमा ४५, बैतडीमा ४०, डडेल्धुरामा २८ र बझाङमा १४ जना संक्रमित भेटिएका छन् ।

शुक्रबार सबैभन्दा धेरै संक्रमित फेला परेको अछामको साँफेबगर नगरपालिकामा ५२ जना, चौरपाटी गाउँपालिकामा २४ जना, ढकारी गाउँपालिकामा २७ जना, मङ्गलसेन नगरपालिकामा २९ जना, तुर्माखाँद गाउँपालिकामा १९ जना, मेल्लेख गाउँपालिका १५ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

यस्तै बान्नीगढी जयगढ गाउँपालिकामा २९ जना, कमलबजारमा ७ जना र पञ्चदेवल विनायक नगरपालिकामा ६ जना नयाँ संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीको बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?