+
+

तलब माग्दै निजी विद्यालयका शिक्षकको प्रदर्शन

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ असार १९ गते २०:११

१९ असार, काठमाडौं । निजी विद्यालयमा कार्यरत शिक्षकहरुले आफूहरुलाई तलब दिन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । लकडाउनका कारण गत चैतदेखि निजी विद्यालय बन्द हुँदा आफूहरुले तलब नपाएको भन्दै उनीहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

निजी विद्यालयमा पढाउने शिक्षक शिक्षिकाले हाम्रो तलबको व्यवस्था गर, सरकार हाम्रा लागि होइन र ?, हामी अभिभावकको विश्वासप्रति प्रतिवद्ध छौं,  बहानाबाजी चाहिँदैन, शिक्षक निकाल्न पाइँदैन, सरोकारवालाको ध्यान जाओस् हामी भोकभोकै छौं आदि नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

शिक्षकहरुले माइतीघर मण्डलादेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरी कोणसभा गरेका थिए ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?