Comments Add Comment

उदित भन्छन्–‘२२ वर्षसम्म धम्की आयो, धेरै पटक डिप्रेसनमा पुगेँ’

बलिउडका सफल पाश्र्व गायक उदित नारायण झाले आफूलाई २२ वर्षसम्म निरन्तर धम्की आइरहेको बताएका छन् । बलिउडमा प्रवेश गरेको ४० वर्ष पुगेको अवसरमा भारतीय मिडियासँग कुरा गर्दै उदितले चलचित्र ‘कुछ कुछ होता हे’मा समावेश गीत हिट भएपछि आफूलाई धम्की आउन थालेको बताएका हुन् ।

सन् १९८० मा उदितले पहिलो पटक चलचित्र ‘उन्नीस बीस’का लागि गीत गाएका थिए । तर सन् १९९८ मा चलचित्र ‘कुछ कुछ होता हे’ हिट भएपछि उनलाई पैसा माग्दै फोन आउन थाल्यो । फोनमा उनलाई काम छाड्नका लागि धम्की समेत दिने गरिन्थ्यो । उदितले भारतीय मिडियासँग भने–‘एउटा समूह थियो, जसले मेरो नामको सुपारी पनि दिएको थियो । उनीहरू मसँग असुरक्षित महसुस गर्थे । मैले मुम्बई क्राइम ब्रान्चमा निवेदन दिएँ र मेरा लागि २ जना सुरक्षागार्डको प्रवन्ध भयो ।’

उदितका अनुसार, उनलाई गत वर्षसम्म पनि धम्की आइरहेको थियो । उनले २२ वर्षसम्म आफूले डराएरै जिन्दगी बिताएको पनि बताएका छन् । उदितले आफूले करिअर सुरुवात गर्दा निकै समस्या भएको र डिप्रेसनमा पनि धेरै पटक परेको बताएका छन् । कहिलेकाहीँ आत्महत्याको सोच पनि आएको उदितले बताएका छन् । तर आफूले निरन्तर काममा लागिरहेकाले यो सफलता पाएको उदित बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment