Comments Add Comment

कर्णाली प्रदेश अस्पतालका दुईजना चिकित्सक कोरोना संक्रमणमुक्त

२१ असार, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएका कर्णालीका दुईजना चिकित्सक संक्रमणमुक्त भएका छन् ।

कर्णाली  प्रदेश अस्पतालमा कार्यरत दुईजना चिकित्सक आइतबार संक्रमणमुक्त भएपछि डिस्चार्ज भएका छन् । उनीहरुमा असार ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण देखिएका चिकित्सकलाई अस्पतालको निवास क्षेत्रको निर्माण गरिएको आइसोलेसन राखिएको थियो ।

उनीहरुको पुनः परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि आइसोलेसनबाट आइतबार डिस्चार्ज भएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए । उनीहरु अबको एक साता पछि नियमित काममा फर्किने निर्देशक खड्काले बताए ।

सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा २३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment