+
+

घरजग्गा धितो राख्ने बढे, असारयता १५ हजारको रोक्का

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २२ गते ८:३५
लकडाउनपछि खुलेकाे एक मालपाेत कार्यालय । अनलाइनखबर अर्काइभ ।

२२ असार, काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै घरजग्गा धितोमा राख्नेको संख्या बढेको छ ।

सरकारले लकडाउनको मोटालिटी परिवर्तन गरी १ असारदेखि कार्यान्वयनमा ल्याएपछिको १८ दिनमामात्रै देशभर १५ हजार १ सय ४२ घर/जग्गा रोक्का भएका छन् ।

जग्गा रोक्का गर्नेहरुको संख्या देशभरका मालपोत कार्यालयहरुमा धेरै रहेको मालपोत कार्यालयले जनाएको छ ।

मालपोत कार्यालयहरु सञ्चालनमा आएपछि राजश्व संकलन पनि राम्रै भइरहेको विभागका निर्देशक गुरुदत्त सुवेदी जानकारी दिए । उनका अनुसार १ असारदेखि १८ गतेसम्म १ अर्ब ३२ करोड ४५ लाख ६३ हजार ८ सय ७३ रुपैयाँ राजश्व संकलन भएको छ । दिनप्रतिदिन कारोबार बढ्ने क्रममा रहेको विभागले जनाएको छ ।

कार्यालय खुलेको पहिलो दिन असार १ गते ३ करोड ४५ लाख रुपैयाँ राजश्व संकलन भएकोमा दोस्रो दिन बढेर ४ करोड ८६ लाख रुपैयाँ पुगेको थियो । यसैगरी तेस्रो दिन ७ करोड ८ लाख रुपैयाँ र चौथो दिन ९ करोड ५१ रुपैयाँ राजश्व संकलन भयो ।

यसरी राजश्व संकलन बढ्दै जाँदा १८ दिनमा १ अर्ब ३२ करोड रुपैयाँ राजश्व संकलन भएको छ । यस अवधिमा घरजग्गा फुकुवाको संख्या भने ९ हजार ८ सय ६० छ ।

यसैगरी १८ दिनमा २१ हजार ८ सय ९२ लिखत पारित भएको निर्देशक सुवेदीले जानकारी दिए । उनका अनुसार नामसारी भने ५ सय ५६ वटा भएको छ ।

यसैगरी १ हजार ३ सय ४१ वटा संशोधनको काम भएको छ भने ८ सय ४८ वटा प्रतिलिपिको काम भएको उनले जानकारी दिए । उनका अनुसार यस अवधिमा ६ सय ५२ वटा श्रेस्ता खारेज भएको छ ।

१८ दिनमा ७५ वटा अपार्टमेन्टको लिखत पारित भएको निर्देशक सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?