Comments Add Comment

शुक्रबारदेखि तीन दिनसम्म बाढीको जोखिम, प्रदेश १ र २ बढी प्रभावित हुने

सां‌केतिक फोटो

२२ असार, काठमाडौं । यही असार २६ गतेदेखि २९ गतेसम्म प्रमुख नदीहरूमा ठूलो बाढी आउने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढी सतर्कताको तह पार गरी खतराको तह नजिक पुग्ने भएकाले सतर्क रहन र नदी किनार क्षेत्रमा आगामी तीन दिनसम्म निर्माण कार्य नगर्न महाशाखाले अनुरोध गरेको छ ।

बाढीबाट प्रदेश १ र २ को तराई भू-भागमा बढी जोखिम हुने महाशाखाले पूर्वानुमान गरेको छ । त्यसैले ती क्षेत्रमा पूर्वतयारीमा जुट्न महाशाखाले भनेको छ ।

आज भने वाग्मती, तिनाउ, पश्चिम राप्ती र बबईका सहायक नदीमा बहाव बढ्ने र केहीमा सतर्कताको तहसम्म पुग्ने अनुमान गरिएको छ ।

कन्काई, कोसी, कमला, वाग्मती, पश्चिम राप्ती, बबई, कर्णालीलगायतका नदीहरूमा पानीको बहाव बढ्दो क्रममा रहे पनि सबैमा सतर्कताको तहभन्दा तलै रहने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment