+
+
Shares

आमिरले ‘लाल सिंह चड्ढा’को सुटिङ लद्दाखमा नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २२ गते ११:२१

नायक आमिर खान र नायिका करिना कपुरको मुख्य भूमिका रहेको चलचित्र ‘लाल सिंह चड्ढा’को छायाङ्कन लकडाउनका कारण रोकिएको छ । यो चलचित्रको छायाङ्कन भारतका विभिन्न स्थानमा भइरहेको छ । चलचित्रको छायाङ्कन दिल्ली, राजस्थान, चण्डीगढ, अमृतसर, कोलकत्तामा भइसकेको छ ।

यो चलचित्रको छायांकन भारत र चीनको सीमा क्षेत्र लद्दाखमा पनि गर्ने तयारीमा आमिर र उनको टिम थियो । तर अब यो चलचित्रको छायांकन लद्दाखमा नहुने भएको छ ।

भारत र चीनबीच लद्दाखको विषयमा विवाद चलिरहेको छ । यसैले पनि यो चलचित्रको टिमले लद्दाखमा चलचित्रको छायाङ्कन नगर्ने बताएको हो । अब यो चलचित्रको छायांकन कार्गिलमा गर्ने तयारी गरिएको छ । चलचित्रको छायाङ्कन अक्टोबर अगाडि नहुने भएको छ ।

यो एक हलिउड चलचित्रको रिमेक हो । यो वर्षको क्रिसमसमा रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरे पनि चलचित्रको काम नसकिने निश्चित भएपछि अर्को वर्षसम्मलाई चलचित्रको रिलिज पछि सार्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?