Comments Add Comment

के अरुण थापाको बायोपिकमा काम गर्दैछन् प्रदीप ?

नायक प्रदीप खड्का र निर्देशक दिनेश राउत एक नयाँ चलचित्रका लागि टिमअप गर्दैछन् । प्रदीप आफैँले दिनेशलाई चलचित्र निर्देशनका लागि अफर गरेका थिए । प्रदीप र दिनेशको टिमले कस्तो चलचित्र बनाउन लागेको हो भन्ने विषयमा विभिन्न खालका टीकाटिप्पणी भइरहेका छन् ।

तर, बुझिएअनुसार यतिबेला दिनेशको टिम स्वर्गीय गायक अरुण थापाको बायोपिकमा काम गरिरहेको छ । म्युजिक भिडियो निर्देशक विकास सुवेदी र निर्देशक राउतले अहिले थापाको जीवनीमा अनुसन्धान गरिरहेका छन् । तर यसको टिमले थापाको परिवारबाट अनुमति भने लिइसकेको छैन ।

अहिले, दिनेश र उनको टिम थापाको परिवारसँग अनमुति लिने तयारीमा पनि लागेको छ । थापाको परिवारले अनुमति दिएको खण्डमा प्रदीपले चर्चित गायक थापाको बायोपिकमा काम गर्नेछन् ।

वि.सं २०५६ साल साउन ५ गते गायक थापाको निधन भएको थियो । ‘ऋतुहरूमा तिमी, चोट के हो’ जस्ता गीतका गायकको सांगीतिक र प्रेम कथा चलचित्रमा समावेश गरिनेछ ।

प्रदीपले यसअगाडि ‘दीपेन्द्र सरकार’ नामक चलचित्रमा स्वर्गीय पूर्वयूवराज दिपेन्द्र वीरविक्रम शाहको भूमिका निर्वाह गर्ने तयारी गरेका थिए । तर घोषणा भइसकेको यो चलचित्र निर्माण हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment