 
																			यतिबेला मेरो माया कहाँ के-के गर्दै होला
छुपु-छुपु धान रोप्दै पछि-पछि सर्दै होला ।
घुम ओढी हिँड्दै छ कि आलीमाथि लखुर-लुखुर
घरमै बसी रुमालमा या त बुट्टा भर्दै होला।
टुक्रुक्क बसी डिलमा अर्नी खाँदै छ कि कतै
बिउ बोकी डोकोभरि बेसीतिर झर्दै होला ।
खा’को छ कि भोकभोकै मेलापात धा’को छ खै
दुब्लाएर पटुकी’नि तल तल सर्दै होला ।
मानो रोपी मुरी फल्ने त्यही मुरीले जुनी चल्ने
खसमैको बाटो हेरी आँखा त्यतै छर्दै होला ।
वन जस्तै मन पनि खान्छ कि त सलहले
त्यै सलह धपाउँदै साँघु उसले तर्दै होला ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4