Comments Add Comment

इटालीले लगायो ब‌ंगलादेशबाट आउने उडानमा रोक

फाइल तस्वीर

२३ असार, काठमाडौं । इटालीको सरकारले बंगलादेशबाट आउने सबै उडानमा एक साताका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । इटालीका स्वास्थ्यमन्त्रीले सोमबार बंगलादेशबाट आएको विमानमा उल्लेख्य संख्यामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएको भन्दै तत्कालका लागि बंगलादेशबाट आउने उडानमा रोक लगाइएको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अबको एक सातामा इटालीको विमानस्थलमा युरोपभन्दा बाहिरबाट आउने उडानमा राम्रोसँग स्क्रिनिङको व्यवस्था गरिनेछ ।

गत साता मात्र रोमसँग जोडिएको लाजियो क्षेत्रमा बस्ने बंगलादेशी नागरिकलाई प्रशासनले कोरोना परीक्षण गराउन आग्रह गरेको थियो । किनकी उनको बस्तीमा हालैमात्र कोरोना भाइरसका धेरै संक्रमितथ फेला परेका थिए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment