+
+
Shares

चितवनमा एक व्यक्तिको शव भेटियो, हत्याको आशंका

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २४ गते ९:०२

२४ असार, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. १० मा एक पुरुषको शव भेटिएको छ । मैयादेवी कन्या कलेजको परिसर नजिकै भेटिएको शव भरतपुर–१४ शिवनगरका ४१ वर्षीय राजकुमार गुरुङको रहेको प्रहरीले जनाएको छ ।

गुरूङको हत्या गरेर बोराभित्र राखेर फालिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । सोही आशंकाको आधारमा अनुसन्धान भइरहेको चितवनका प्रहरी प्रवक्ता डीएसपी सूर्य थापाले बताए । अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिइएको पनि उनले जानकारी दिए ।

मृतकका भाइ सन्तकुमार गुरुङले मृतक आफ्नो दाइ रहेको सनाखत गरेका थिए । मृतकको अनुहार चिनिने अवस्थामा थिएन । शव केही सडेको अवस्थामा थियो । निरन्तर पानी परिहेकाले शव चाँडो सडेको प्रहरीको भनाइ छ ।

शवको पोष्टमार्टमपछि थप कुरा पत्ता लाग्ने उनले बताए । शवलाई पोस्टमार्टमका लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?