Comments Add Comment

कोरोना महामारीपछि पहिलो पटक हुँदैछ क्रिकेट, इंग्ल्याण्ड र वेष्टइन्डिजबीच पहिलो टेष्ट आज

२४ असार, काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीले गर्दा रोकिएको क्रिकेट आजबाट फेरि सुरु हुँदैछ । चार महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फर्कन लागेको हो ।

तीन खेलको टेष्ट सिरिज अन्तर्गत पहिलो खेल आज इंग्ल्याण्डको साउदह्याम्पटनस्थित एजेज बलमा हुनेछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

इंग्ल्याण्ड बेन स्टोक्स र वेष्ट इन्डज ज्यासन होल्डरको कप्तानीमा मैदान उत्रदैछ । आइसीसीको विश्व टेष्ट वरियतामा होल्डर नम्बर वान अलराउण्डर हुन् भने स्टोक्स दोस्रो स्थानमा छन् । नियमित कप्तान जो रुट पारिवारिक कारण पहिलो टेष्टमा अनुपस्थित भएपछि अलराउण्डर स्टोक्सले इंग्ल्याण्डको टेष्ट टिमको नेतृत्व गर्न लागेका हुन् ।

लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेट हुन थालेकोमा दुवै टोली उत्साहित छन् । यसका लागि दुवै टोलीले एक महिनाभन्दा बढी प्रशिक्षण समेत गरिसकेका छन् । यस्तै आन्तरिक टिम बनाएर अभ्यास खेलसमेत खेलेका थिए ।

कोरोना महामारीकै समयमा हुन थालेको यो खेल क्लोज डोरमा हुनेछ । जहाँ छक्का चौका प्रहार हुँदा विकेट लिँदा मैदानमा समर्थन गर्ने दर्शक भने हुने छैनन् । यस्तै क्रिकेट खेलमा प्रयोग हुने बलमा थुक लगाउन पाइने छैन । यसअघि बललाई थुकले चम्काउने गरिएकोमा अब त्यसो गर्न नपाउने गरी आइसीसीले अन्तरिम नियम बनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले पनि क्रिकेट फेरि सुरु हुन लागेको खुशी व्यक्त गरेको छ । आइसीसीका प्रमुख कार्यकारी मानु सावनेले यसको स्वागत गरेका छन् र यसका लागि इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले गरेको प्रयासलाई धन्यवाद दिएका छन् ।

फरक परिस्थितीमा हुन लागेको यस खेलका लागि सबैखाले प्रोटोकलहरु फलो गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment