Comments Add Comment

बुटवल र प्युठानमा खोलाले बगाउँदा दुई जना बेपत्ता

२४ असार, बुटवल । बुटवल र प्युठानमा खोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन् ।

बुटवल–११ बुद्धनगरस्थित पक्की पुल मुनि पैदल हिँड्दै गर्दा मंगलबार साँझ ७ बजेतिर लडेर नदीमा बगेका अन्दाजी ६० वर्षका पुरुष बुधबार मध्यान्हसम्म फेला नपरेको प्रहरीले जनाएको छ । नदीमा बेपत्ता व्यक्तिको मंगलबार साँझदेखि रातिसम्म र बुधबार बिहानैदेखि १२ प्रहरीले खोजी गरेपनि फेला पार्न नसकेको वडा प्रहरी कार्यालय रामनगर बुटवलका प्रमुख प्रहरी निरीक्षक गोविन्द रेग्मीले बताए । नदीमा वेपत्ता उनको नाम ठेगाना खुल्न सकेको छैन ।

यस्तै प्युठानको स्वर्गद्वारी नगरपालिका–३ भाङ्ग्रीबाङकी ५६ वर्षिया हेमा कुँवर रोल्पाबाट प्युठान आउने क्रममा खोलाले बगाएर बेपत्ता भएकी छन् । रोल्पा र प्यूठानको सिमानामा रहेको घोर खोला तर्ने क्रममा खोलाले बगाई कुंवर बेपत्ता भएकी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी वरिष्ठ उपरक्षिक राजकुमार बैदवारले जानकारी दिए । उनको खोजी कार्य जारी रहेको बैदवारले बताए ।

एक महिलाको उद्धार

यस्तै गुल्मीको मुसिकोट नगरपालिका-२ थुम्कागैराकी ५५ वर्षीया पवित्रा कुमाल निस्दी खोला तरेर घर जाने क्रममा खोलाले बगाई बेपत्ता भएकीमा प्युटारीस्थित खोलाको किनारामा स्थानियले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल गुल्मीमा लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment