+
+

इन्सपेक्टरविरुद्ध भ्रष्टाचारको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २४ गते १५:१७

२४ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) रामबालक रायविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

इलाका प्रहरी कार्यालय भिमफेदीमा कार्यरत प्रहरी निरीक्षक रायविरुद्ध बुधबार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका सञ्चालकबाट रायले १२ हजार रुपैयाँ घुस लिएको आरोप अख्तियारको छ ।

अनुसन्धानको क्रममा प्रहरी निरीक्षक रायले निर्माण सामग्री ढुवानी गर्ने सवारी साधन रोकेर बारम्बार रकम असुली गर्ने गरेको पाइएको आयोगको आरोप पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?