
२४ असार, काठमाडौं । सरिता गिरीलाई उनी संलग्न समाजवादी पार्टीले गरेको कारबाहीको पत्र संघीय संसद सचिवालयमा पुगेको छ ।
लिम्यिाधुरासहितको नेपालको नयाँ राजनीतिक नक्साको विरोधमा संशोधन हालेको र फिर्ता लिन गरेको आग्रह अस्वीकार गरेको भन्दै समाजवादी पार्टीले गिरीलाई पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।
उक्त कारबाहीको पत्र बुधबार संसद सचिवालयमा पुगेको छ ।
कानुनी प्रक्रिया मिले नमिलेको हेरेर संसद सचिवालयका महासचिवले सभामुख समक्ष पेश गर्ने र सभामुखबाट निर्णय भएपछि सांसद पद निलम्बनबारे सूचना जारी गर्ने काम बाँकी रहेको सचिवालयले जनाएको छ ।
गिरीलाई कारबाही गरिएको पार्टीको पत्र लिएर समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत संसद् सचिवालय पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4