+
+
Shares

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २५ गते १७:०३
फाइल तस्वीर

२५ असार, सुर्खेत । सल्यानमा बिहीबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुमाख गाउँपालिका –५ झारकाँडाका तिलक थापा रहेका छन् ।

कुमाख गाउँपालिका–५, नेटाबाट रुकुम चौरजहरी जाँदै गरेको रा १ त ३४८७ नम्बरको ट्याक्टर दार्मा गाउँपालिका–४ सर्सुखोलामा दुर्घटना हुँदा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक उमकान्त जोशीले जानकारी दिए । जोशीका अनुसार सोही ठाउँ बस्ने ट्याक्टरका सहचालक गम्भीर घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?