Comments Add Comment

नारायणगढमा औषधिको होलसेल पसलमा आगलागी

फाइल तस्वीर

२५ असार, काठमाडौं । चितवनको नारायणगढ बजारमा रहेको औषधिको एक होलसेल पसलमा आगलागी भएको छ ।

शहिदचाेकस्थित हिमालयन बैङ्क पछाडि रहेकाे मेडिमिक्स इन्टरप्राइजेजमा बिहीबार आगलागी भएको हो ।

वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविन रेग्मीले भने, ‘अहिले दुई वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगो के कसरी लाग्यो भन्नेबार अहिले केही खुल्न सकेको छैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment