+
+
Shares

बाजुराको साँफे–मार्तडी सडक ३ दिनदेखि अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २५ गते १८:५१
प्रतिनिधिमूलक तस्‍वीर

२५ असार, कैलाली । बाजुराको साँफे–मार्तडी सडक खण्ड विगत ३ दिनदेखि अवरुद्ध भएको छ ।

बाजुराको बुढीगंगा नगरपालिका १ मा पर्ने अम्कोटद्वारी खण्ड बाढीले बगाउँदा आवतजावत अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

‘पहिरोसँगै बुढीगंगा नदीमा आएको बाढीले सडकको दुवैतिरबाट कटान गरेपछि सडक अवरुद्ध भएको हो’ बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले भने ‘ठूलो पहिरो छ । तत्काल हटाउन सकिने अवस्था पनि छैन ।’

उनले करिब १०० मिटर सडक भासिएको बताए ।

‘३ दिनअघि खसेको पहिरोले बुढीगंगा नदीको धार परिवर्तन गरेको थियो । धार परिर्वन गरेको नदिले सडक काट्न थाल्यो’ प्रजिअ गैरेले भने ‘सडक पनि भासियो पहिरो पनि खस्यो ।’

अछामको साँफे हुँदै बाजुरा जाने एक मात्र मुख्य सडक अवरुद्ध भएपछि सयौं यात्रु अलपत्र परेका छन् ।

घटनास्थलमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको भए पनि अझै सम्म पहिरो हटाएर सकिएको छैन ।

बिहीबार मात्रै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले पनि घटनाको निरीक्षण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?