Comments Add Comment

सेभियाको पुनरागमन जित

२६ असार, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत पछिल्लो खेलमा चौथो स्थानको सेभियाले एथ्लेटिक विल्वाओ विरुद्ध पुनरागमन जित हात पारेको छ । विल्वाओको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै सेभियाले खेल २-१ ले जितेको हो ।

घरेलु मैदानमा एन्डर कापाले २८औं मिनेटमा गोल गर्दै विल्वाओलाई पहिले अग्रता दिलाएका थिए । पहिलो हाफमा विल्वाओले उक्तअग्रता कायम राखेको थियो तर दोस्रो हाफमा स्भियाले पनरागमन गर्दै ५ मिनेट अन्तरमा २ गोल फर्कायो । ६९औं मिनेटमा एभर बनेगाले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याए । ७४औं मिनेटमा मुनिर अल हाड्डाईले गोल गर्दै सेभियालाई जित दिलाए ।

जितपछि ३५ खेलबाट ६३ अंक जोडेको सेभिया चौथो स्थानमा यथावत छ र शीर्ष चारमा रहेर अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । तेस्रो स्थानको एट्लेटिको मड्रिड समान ६३ अंक जोडे पनि सेभिया हेड टु हेडमा पछि परेको हो । लिगमा अब ३ खेल बाँकी रहँदा सेभियाले पाँचौ स्थानको भियारियालमाथि ६ अंकको अग्रता बनाएको छ । विल्वाओ भने ४८ अंकसहित नवौं स्थानमा छ ।

ला लिगाकै अन्य खेलमा मालोर्काले लेभान्टेलाई २-० ले पराजित गरेको छ । यस्तै आइबर र लेगानेसले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । मालवर्का र लेगानेस रेलिगेसन क्षेत्रमा छन् र अर्को सिजन ला लिगामै रहनका लागि संघर्षरत छन् । पूछारको स्पानियोल यसअघि नै रेलिगेसनमा परिसकेको छ । ३५ खेलबाट ३२ अंक रहेको मालोर्का पुछारबाट तेस्रोमा छ । २९ अंक रहेको लेगानेस पूछारबाट दोस्रोमा छ ।

लेभान्टे ४३ अंकसहित १२औं र आइबर ३६ अंकसहित १५औं स्थानमा छ । आइबरसँगै सेल्टाभिगो र अलेभज अझै रेलिगेसनबाट सुरक्षित भइसकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment