+
+
Shares

सरिता गिरी भन्छिन् – मोहनाजीको अभिव्यक्तिमाथि अंकुश लगाउने प्रयास भयो

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २६ गते १०:२२

२६ असार, काठमाडौं । समाजवादी पार्टीबाट निस्कासित सांसद सरिता गिरीले मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीको विषयमा अध्यक्ष अनुपराज शर्माले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएकी छन् ।

आफूविरुद्ध सुरु गरिएको कारबाहीको विरोध गरिएको ट्वीटलाई आधार बनाएर प्रेसित विज्ञप्तिले अन्सारीको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएको गिरीको भनाइ छ । उनले भनेकी छन्, ‘उक्त विज्ञप्ति सबै प्रबुद्ध र विशेष गरी महिलाहरुलाई मौन राख्न र नियन्त्रित गर्न अपनाइएको एउटा खास विधिको अंग हो ।’

अन्सारी आयोगको सम्मानित, अनुभवी तथा विद्वान महिला सदस्य मात्र नभइ कानुनको ज्ञाता समेत भएको उल्लेख गर्दै गिरीले भनेकी छन्, ‘वहाँको ट्वीटबारे सत्य यही हो कि समाजवादी पार्टीका केही पदाधिकारीहरुले पार्टीको विधान विपरीत कुनै जाँचबुझ समिति गठन गरी त्यसको प्रतिवेदनको आधारमा मेरो पार्टी सदस्यता र सांसद् सदस्यता समाप्त गर्ने कार्य गरेका छन् । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार पार्टीको ३२५ केन्द्रीय सदस्य मात्र कसैको विरुद्ध अनुशासनको कारवाही गर्न सक्ने समर्थ समिति हो ।’

गिरीले आफूमाथि पनि षड्यन्त्र भएको बताउँदै अदालत जाने घोषणा गरिसकेकी छन् । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै अन्सारीको ट्वीटमाथि आपत्ति जनाएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?