Comments Add Comment

जाजरकोटमा पहिरो : दुई घर बगाउँदा १२ जना बेपत्ता

२६ असार, काठमाडौं । जाजरकोटमा बिहीबार राति पहिरोले दुई घर बगाउँदा १२ जना बेपत्ता भएका छन् ।

बारेकोट गाउँपालिका– ४ सार्कीगाउँका गोपाल सार्की र कलु सार्कीको घर बगाउँदा १२ जना बेपत्ता भएको जाजरकोटका डीएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

डीएसपी श्रेष्ठका अनुसार पहिरोले घर बगाउँदा घरमूली ५२ वर्षीय गोपालसहित उनको ५० वर्षकी श्रीमती पुष्पा, १३ वर्षकी छोरी लक्ष्मी र ११ वर्षका छोरा अर्जुन बेपत्ता भएका छन् ।

यसैगरी पहिरोले घर बगाउँदा घरमुली कलु सार्कीसहित उनको १४ वर्षकी छोरी तीर्थ, ११ वर्षकी छोरी कमला र ६ वर्षका छोरा सुवास सार्की बेपत्ता भएको उनले बताए ।

यस्तै कलुकै घरमा पाहुन आएका कुशे गाउँपालिका–९ का २० वर्षीया डिल्ली सार्की, १४ वर्षीकी गौरी, १६ वर्षकी कविता र १८ वर्षका वीरेन्द्र सार्की पनि बेपत्ता भएका छन् ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थल तर्फ गइसकेको डीएसपी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment