२८ असार, काठमाडौं । रहिम स्ट्रलिङको ह्याट्रिकप्रेरित म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शानदार जित हात पारेको छ । स्ट्रलिङले ह्याट्रिक गरेपछि सिटीले ब्राइटनलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो ।
ब्राइटनको मैदानमा भएको खेलमा स्ट्रलिङले २१औं,५३औं र ८१औं मिनेटमा गोल गरे । यस्तै ग्राब्रीएल जेससले ४४औं र बर्नार्डो शिल्भाले ५६औं मिनेटमा गोल गरे ।
जितपछि दोस्रो स्थानको सिटीले ३५ खेलबाट ७२ अंक जोडेको छ । ब्राइटन ३६ अंकसहित १५औं स्थानमा छ ।
प्रतिक्रिया 4