Comments Add Comment

फ्रान्समा दर्शकसहितको फुटबल, पीएसजीको ९ गोल

२९ असार, काठमाडौं । कोरोना भाइरस महामारीपछि फ्रान्समा दर्शकसहितको फुटबल पहिलो पटक खेलिएको छ । फ्रान्स सरकारले लकडाउन खुकुलो पारेपछि खेल मैदानमा ५ हजार सम्म दर्शक उपस्थित हुन पाउने प्रावधान थियो ।

फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन र ला हाभ्रे बीचको मैत्रीपूर्ण खेल दर्शकले मैदानमा उपस्थित भएर हेरेका हुन् । ला हाभ्रेको घरेलु मैदान स्टेड ओसिएनमा भएको खेलमा त्यहाँको खेलकुद मन्त्रीसहित ५ हजार दर्शक उपस्थित थिए । रोक्साना मारासिनेउनुले यस अवसरलाई फ्रान्स फुटबलको वियजको रुपमा उल्लेख गरेका छन् ।

कोरोना महामारीले गर्दा गत मार्चमा फ्रान्समा फुटबल रोकिएको थियो । महामारीकै कारण फ्रेन्च लिग वान अप्रिलमा अन्त्य भएको घोषणा गर्दै लिग लिडर पीएसजीलाई नै च्याम्पियन घोषणा गरिएको थियो ।

मार्चपछि पहिलो पटक दर्शकसहित खेलिएको खेल पीएसजीले ९-० ले जितेको छ । पीएसजीको फराकिलो जितमा माउरो इकार्डी, नेमार र पाब्लो सराबियाले २-२ गोल गरे भने किलिएन एमबाप्पे, इड्रिसा गुए र अर्नाउड कालिमुएन्डोले १-१ गोल गरे ।

पीएसजीले २०१९-२० सिजन अन्तर्गत नै फ्रेन्च कप र लिग कपको फाइनल खेल्न बाँकी छ । यस्तै च्याम्पियन्स लिग क्वाटरफाइनलमा एटलान्टासँग अगष्टमा खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment