Comments Add Comment

आज कार्गो लिएर आए दुई जहाज, मंगलबार चारवटा उडान-अवतरणको तालिका

२९ असार, काठमाडौं । दुई दिनका लागि नेपालीहरुको उद्धारको काम रोकिएको दिन सोमबार काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा दुई कार्गो जहाज अवतरण भए । त्रिभुवन विमानस्थल कार्यालयकाअनुसार सोमबार श्रीलंकन एयरलाइन्सको जहाज कोलम्बोबाट काठमाडौं आएको छ ।

यो जहाजले २४ हजार ८ सय ९१ किलो कार्गो बोकेको थियो । सोमबार नै दोहाबाट कतार एयरवेजसमेत कार्गो उडानका दौरान काठमाडौं आएको हो ।

यी दुबै जहाज गन्तब्यतर्फ फिर्ता भइसकेका छन् । आन्तरिकतर्फ सोमबार समिट एयरले सिमिकोटबाट ७ जना लिएर काठमाडौं आयो । सिम्रिक एयरबाट काठमाडौंका लागि बुटवल २ यात्रु लिएर उडेको छ ।

श्री एयरको हेली २ यात्रु लिएर विराटनगर उडेको छ । भोटेकोसीबाट एयर डाइनेस्टीले ३ यात्रु लिएर काठमाडौं आएको छ । कैलास हेली ५ यात्रु लिएर सिन्धुपाल्चोकतर्फ प्रस्थान गरेको छ ।

मंगलबार भने नेपाल एयरलाइन्स कार्गो उडानका लागि चीनको कुनमिङ जाँदैछ । थाइल्याण्डबाट ‘माइ इन्डो’ एयरलाइन्ससमेत मंगलबार काठमाडौं आउने तालिका छ । नेपाल एयरलाइन्सको जहाज मंगलबार नै दोहा जाने कार्यक्रम रहेको छ । भारतको नयाँ दिल्लीबाट स्पाइसजेट काठमाडौं आउने तालिका तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment