+
+

गुल्मीको पहिरो भूगर्भविद्को टोलीले अध्ययन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३० गते १७:५२

३० असार,गुल्मी । गुल्मीको पहिरो अध्ययन गर्नका लागि भूगर्भविद्को टोली ल्याइने भएको छ ।

यही असार १८ गते अविरल वर्षासँगै गएको पहिरोका कारण जोखिममा रहेको क्षेत्र बस्तीका लागि योग्य हुने वा नहुने भन्ने बारेको अध्ययन गर्न भूगर्भविद् आउने प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

पहिरोले इश्मा गाउँपालिकामा दुईजना र मुसिकोट नगरपालिकामा एकजना गरी तीनजनाको मृत्यु भएको थियो भने पाँचजना घाइते भएका छन् । इश्माका १९४ र मुसिकोट नगरपालिकाका ५४ घरपरिवार विस्थापित छन् ।

अविरल वर्षासँगै धेरै स्थानमा पहिरो गएका कारण गुल्मीका दर्जनौं बस्ती जोखिममा छन् ।

बस्ती जोमिख भएपछि त्यस स्थानका नागरिकहरु विद्यालय तथा विभिन्न स्थानमा बनाइएका पालहरुमा बस्दै आएका छन् ।

गत वर्ष पनि साउन ७ गते सत्यवती गाउँपालिकाको ठुलोलुम्पेक र लिम्घामा गएको पहिरोका कारण गुल्ममीमा १३ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?