Comments Add Comment

सार्वजनिक संस्थानमा २ खर्ब १६ अर्ब सरकारी लगानीको प्रतिफल शून्य

३१ असार, काठमाडौं । सरकारले विभिन्न एक सय तीन सार्वजनिक संस्थानमा गरेको लगानी बालुवामा पानी हालेसरह भएको छ ।

ती संस्थामा यस वर्ष गरेको कुल २ खर्ब १६ अर्ब ८२ करोड लगानीबाट कुनै प्रतिफल प्राप्त नभएको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ ।

संस्था संञ्चालन व्यवस्थापनमा दक्षता देखाउन नसक्दा ती कम्पनीहरुबाट प्रतिफल प्राप्त हुन नसकेको भन्दै प्रतिवेदनले सुधार गर्न सरकारलाई निर्देशन दिएको छ ।

गत वर्षसम्म सरकारले एक सय १४ संस्थानहरुमा २ खर्ब २६ अर्ब ८० करोड शेयर लगानी गरेकोमा यस वर्ष बोनस सेयर र समायोजन समेत गरेर २ खर्ब ९६ अर्ब ९२ करोड सेयर लगानी भएको देखिएको छ ।

शेयर लगानीबाट यसवर्ष नेपाल आयल निगमबाट सरकारले १० अर्ब ६४ करोड ९९ लाख, नागरिक लगानी कोषबाट ४ कारोड ९४ लाख बोनस सेयर र नेपाल राष्ट्र बैंक, नेपाल टेलिकम, नेपाल नागरिक उड्यायन प्राधिकरण लगायत १० संस्थानबाट २० अर्ब ४२ करोड ९० लाख नगद प्रतिफल प्राप्त भएको महालेखाले औंल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment