Comments Add Comment

दीपक विष्ट, संगीना वैद्य र उपेन्द्रमान सिंहको राजीनामा

३१ असार काठमाडौं । तेक्वान्दोका प्रशिक्षक दीपक विष्ट र संगीना वैद्य तथा फुटबलका सहायक प्रशिक्षक उपेन्द्रमान सिंहले बुधबार राजिनामा दिएका छन् ।

दीपकले नेपाल तेक्वान्दो संघको सचिव र प्रवक्ता तथा संगीनाले तेक्वान्दो संघकै सदस्य पदबाट राजिनामा दिएको विष्टले जनाएका छन् । दुवै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा तेक्वान्दो प्रशिक्षकका रुपमा कार्यरत छन् ।

राखेपअन्तर्गत नै फुटबल सहायक प्रशिक्षक सिंहले भने सहायक प्रशिक्षकबाट राजिनामा दिएका हुन् । तीनैले सम्बन्धित संघमा राजीनामा बुझाएको र त्यसको बोधार्थ राखेपलाई दिएका छन् ।

हालै लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन– २०७७ मा राखेपका कर्मचारी कुनै पनि संघमा बस्न नपाउने प्रावधान भएकाले अधिकांशले संघबाट राजिनामा दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment