+
+
Shares

इजीलिंक रेमिटेन्स भयो नेपाल क्लियरिङ हाउसमा आवद्ध

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३१ गते २०:२४

३१ असार, काठमाडौं । ईजीलिंक रेमिटेन्स प्रालि र नेपाली क्लियरिङ हाउसमा आबद्ध भएको छ।

ईजीलिंक रेमिटेन्सले नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको हो।

यो व्यवस्थासँगै ईजीलिंक रेमिटेन्सका भुक्तानीका कारोबारहरु कनेक्ट आइपीएस इ-पेमेन्ट प्रणालरुीमार्फत रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सकिन्छ भने अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली एनसिएचएल-आइपीएस मार्फत तोकिएको समय सीमामा समेत भुक्तानी कारोबारहरु गर्न सकिने कम्पनीले जनाएको छ।

यस साझेदारीले बैंक खातामा आधारित रेमिटेन्सको लागि ईजीलिंकको सेवा प्रवाहमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?