
१ साउन, काठमाडौं । मेलम्चीको पानीले बगाएका चालक खोज्न सिन्धुपाल्चोकमा गएको गोताखोर टाेलीकाे डुंगा पल्टिएको छ ।
सशस्त्र प्रहरी बलको गोताखोर टोलीको डुंगा पल्टिँदा चार जना अधिकारी घाइते भएका छन् ।
नेपाल प्रहरीका ३ नं. प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्तकुमार लामाका अनुसार सबैको अवस्थामा सामान्य छ ।
भोटेकोशी गाउँपालिकामा गएको पहिरोमा परेर पछिल्लो एक सातामा १८ जना बेपत्ता छन् ।
फुल्पिङकट्टी पहिरो : एकको शव भेटियो
भोटेकोशी गाउँपालिका–४, फुल्पिङकट्टीमा गएराति आएको पहिरोले दुईवटा घर पुरिएको घटनमा एक जनाको शव भेटिएको छ । थप चार जना महिला बेपत्ता छन् ।
प्रदेश प्रहरी प्रमुख लामाका अनुसार ४९ वर्षीया निमा स्याल्बो शेर्पाको शव भेटिएको हो । गएराति साढे १ बजे आएको पहिरोले गेन्जिङ शेर्पाको घर पुरिँदा उनकी आमा, बहिनी, श्रीमती र दुई छोरीहरु पहिरोमा पुरिएका थिए ।
बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको छ ।
प्रतिक्रिया 4