+
+

भारतमा एकैदिन थपिए ३२ हजारभन्दा धेरै कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १ गते ११:१५

१ साउन, काठमाडौं । भारतमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का ३२ हजार ६९५ नयाँ संक्रमित थपिएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या नौ लाख ६८ हजार ८७६ पुगेको छ ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ६०६ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २४ हजार ९१५ पुगेको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई लाख ७५ हजारभन्दा बढी संक्रमित फेला पर्दा १० हजार ९२८ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा एक लाख ५१ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने दुई हजार १६७ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा पनि एक लाख १६ हजारभन्दा धेरै संक्रमित भेटिँदा तीन हजार ४८७ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका ६ लाख १२ हजार ८१५ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?