+
+
Shares

राखेप सदस्य सचिवमा अहिलेसम्म १६ जनाको आवेदन

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १ गते १३:२७

१ साउन काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका लागि दरखास्त दिने बिहीबार अन्तिम दिन हो । अहिलेसम्म निवर्तमान सदस्य सचिव रमेश सिलवालसहित १६ जनाले आवेदन दिएका छन् ।

बुधबारसम्म ११ जनाले निवेदन दिएकोमा बिहीवार ५ जना थपिएका युवा तथा खेलकुद मन्त्रालय स्रोतले जानकारी दिएको छ । बिहीबार कार्यालय समयसम्म आवेदन दिन पाउने समय तोकिएको छ ।

नयाँ ऐन लागु भएपछि राखेपका सदस्य सचिव लगायत सदस्यहरु पदमुक्त भएपछि नयाँ सदस्य सचिव नियुक्ती प्रक्रिया अघिल्लो हप्ता अघि बढेको थियो ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा गत शुक्रवार गठन गरिएको तीन सदस्यीय सदस्य सचिव सिफारिस समितिले एक साताको लागि दरखास्त दिन पाउने सूचना सार्वजनिक गरेको थियो ।

दरखास्त दिनेहरुमध्येबाट सिफारिस समितिले तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । मन्त्रालयले एक महिलासहित तीन नाम मन्त्रिपरिषदमा पठाउनेछ र मन्त्रिपरिषदले एक जनालाई सदस्य सचिव नियुक्त गर्नेछ ।

यसअघि राजनीतिक रुपमा नियुक्त हुँदै आएको सदस्य सचिव पहिलो पटक खुल्ला प्रतिस्पर्धा र योग्यताको आधारमा हुन लागेको हो ।

अहिलेसम्म सदस्य सचिवका लागि आवेदन दिनेहरु

१. रोशन महर्जन

२. अनिल अधिकारी

३. हर्कबहादुर राई

४.  मीना श्रेष्ठ

५. शिवराज भट्ट

६. लिलबहादुर थापा

७. रवि राजकर्णिकार

८. अच्युतम लामिछाने

९.  निलम बज्राजार्च

१०. रमेशकुमार सिलवाल

११. मेघराज पौडेल

१२. अन्जु श्रेष्ठ

१३. अच्युत खनाल

१४. मनबहादुर गुरूङ

१५. विजय कुमार राई

१६. रामेश्वर श्रेष्ठ

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?