+
+
Shares

चीनमा ६ महिनापछि सिनेमाघर खुल्दै

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १ गते १४:४२

१ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनमा जुलाई २० देखि सिनेमाघर पनि खुल्ने भएका छन् । ग्लोबल टाइम्सका अनुसार जुलाई २० देखि चीनमा सिनेमाघरहरु खुल्नेछन् ।

गत जनवरीदेखि चीनका सिनेमाघरहरु बन्द छन् । करिब ६ महिनापछि अहिले सिनेमाघर खोल्ने योजना बनेको छ । योजनाअनुसार सावधानी अपनाउँदै संक्रमणको जोखिम निकै कम भएको क्षेत्रमा मात्र सिनेमाघर खोल्ने अनुमति दिइनेछ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको महामारी अहिले विश्वभर फैलिएको छ । तर, चीनले भने कोरोना भाइरसलाई निकै हदसम्म नियन्त्रणमा लिएको छ । विस्तारै चीनको अर्थतन्त्रमा सुधार आउन थालेको छ भने जनजीवन सामान्य दिशामा अघि बढिरहेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?