+
+
Shares

राजु सदासहित तीन जनाको परिवारलाई प्रदेश सरकारको ५ लाख

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १ गते १५:०२

१ साउन, जनकपुरधाम । प्रदेश २ सरकारले आइसोलेसनमा छटपटिएर मृत्यु भएका राजु सदासहित तीन जनाको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

सरकारले घोषणा गरे अनुरुप धनुषाको हंसपुर नगरपालिका ७ का राजु सदा, सीमामा भोकले तड्पिएर ज्यान गुमाउने शहीद नगरपालिका ९ का वीरेन्द्र गुरमैता यादव र प्रहरी हिरासतमा झुण्डिएको अवस्थामा मृत फेला परेका सबैला नगरपालिका १२ का शम्भु सदाको परिवारलाई सहयोग उपलब्ध गराएका हुन् ।

तीनै जनाको परिवारलाई ५ लाख रुपैयाँका दरले सहयोग उपलब्ध गराइएको छ । मुख्यमन्त्री लालबाबु राउत आफैं तीनै जनाको घर पुगी उनीहरुको परिवारलाई चेक हस्तान्तरण गरेका छन् ।

चेक हस्तान्तरण गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले क्षमता अनुसारको सहयोग उपलब्ध गराएको बताए । उनले घटनामा दोषी देखिएकाहरुलाई कारवाही गराउन प्रदेश सरकार हर सम्भव प्रयास गर्ने प्रतिवद्धता समेत जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?