
१ साउन,काठमाडौं । प्रचण्ड र माधव नेपालसँगको वार्ता सहमतिमा पुग्न नसकेपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुसँग परामर्श थालेका छन् ।
सचिवालय सदस्य ईश्वर पोखरेल,महासचिव विष्णु पौडेल,संसदीय दलका उपेनता सुवास नेम्वाङ सहितका नेताहरु प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा छन् । शुक्रबारको बैठकअघि प्रचण्ड माधव नेपाल पक्षसँग सहमतिको सम्भावना नदेखिएपछि प्रधानमन्त्रीले निकट नेताहरुसँग परामर्श गरेका हुन् ।
प्रचण्ड र माधव नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजिनामा दिन आग्रह गरेका छन् । ओलीले भने दुवै पदबाट राजिनामा नदिने भन्दै सकेको गरेर देखाउन चुनौती दिँदै आएका छन् । प्रधानमन्त्री निवासमा ओली पक्षधर नेताहरुको उपस्थिति बाक्लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4