+
+

सहमति खोज्न स्थायी कमिटी बैठक स्थगित : विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २ गते १४:१०

२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति खोज्नका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको बताएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै महासचिव पौडेलले भने ‘सहमति खोज्नका लागि बैठक स्थगित भएको छ । आज पनि दुई अध्यक्षबीच छलफल भयो । उहाँहरुको सहमतिबाटै बैठक स्थगित गरिएको हो । अहिलेसम्म कुनै निष्कर्षमा पुग्नुभएको छैन ।’

शुक्रबार विहान ११ बजे निर्धारित स्थायी कमिटी बैठक दुई अध्यक्षबीच छलफलका लागि अपरान्ह ३ बजेलाई सारिएको थियो । तर ओली र प्रचण्ड आ–आफ्ना अडानमा यथावत रहेकाले साउन ४ गतेसम्मका लागि बैठक स्थगित भएको छ ।

दुई अध्यक्षबीचको छलफलपछि शनिबार अपरान्ह सचिवालय बैठक बोलाइएको महासचिव पौडेलले बताए ।

नेकपा स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएपछि नेकपा स्थायी कमिटी बैठक लगातार स्थगित भएको छ ।

दुई अध्यक्षबीच सहमति भएपछि मात्र बैठक सञ्चालन गर्ने भनिए पनि दुबै जना आआफ्ना अडानमा रहेका छन् । प्रधानमन्त्री ओलीले दुबै पदबाट राजीनामा नदिने अडान लिएका छन्, अर्को पक्षले राजीनामा दिनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?