Comments Add Comment

‘मौद्रिक नीति सुन्दा राम्रै लाग्यो, कार्यान्वयन ध्यान दिइयोस्’

२ साउन, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले मौद्रिक नीति साना तथा मझौला उद्योगी व्यवसायीहरुका लागि समग्रमा राम्रो आएको बताएका छन् । अध्यक्ष कटुवालले ऋणको भाका सार्ने तथा साना उद्योगी–व्यवसायीलाई पनि पुनरकर्जाको पहुँचमा पुर्याउने व्यवस्था राम्रो भएको बताए ।

महासंघले उठाएदै आएका मागहरु पनि कतिपय समेटिएको उनले बताए । कतिपय मागहरु नसमेटिए पनि समग्रमा राम्रै रहेको उनले बताए ।

तर नीति कार्यान्वयनमा भने उनले आशंका व्यक्त गरे । ‘सुन्दा त धेरै राम्रो छ, तर सुन्दामात्रै राम्रो भएर हुँदैन’ अध्यक्ष कटुवालले भने, ‘अब यसको कार्यान्वयन राम्रो होस्, नीति बनाएर मात्रै हुँदैन कार्यान्वयन पनि हुनुपरो ।’

१ करोड रुपैयाँ भन्दा कम रकमका कर्जालाई प्रोत्साहन गर्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको छ । खासगरी सानो लगानीबाट उद्यमी बन्न चाहनेलाई लक्षित गर्दै सानो कर्जालाई प्रोत्साहन गर्ने गरी नीति आएको छ ।

वाणिज्य बैंकहरुले २०८१ असार मसान्तसम्म लघु, साना तथा मझौता उद्यमका क्षेत्रमा १ करोड भन्दा कम रकमका कर्जा आफ्नो कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत हुने गरी प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्था राम्रो भएको कटुवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment