+
+
Shares

बारामा भारतीयको हत्या आरोपी ६ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ४ गते १२:३६

४ साउन, जनकपुरधाम । झण्डै ६ बर्षअघि बारामा एक भारतीय नागरिकको हत्यामा संलग्नको आरोप लागेाक व्यक्ति समातिएका छन् । समातिने पनि भारतीय नागरिक नै हुन् ।

प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार भारतको बेतिया पश्चिम चम्पारण घर भई वीरगञ्ज महानगरपालिका १९ गहबा टोलमा लुकीछिपी बसोबास गर्दै आएका धर्मेन्द्रप्रसाद कलवारलाई त्यहींबाट पक्राउ गरिएको हो ।

कलवारले २०७१ साल वैशाख ९ गते बाराको तत्कालिन विश्रामपुर गाविस ९ स्थित गहुँ खेतमा भारतको रक्सौल घर भई वीरगञ्ज १९ मा बस्दै आएका प्रमोद साह तुरहालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका ४६ बर्षीय कलबारलाई प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाएको प्रदेश प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?