Comments Add Comment

सेयर बजारमा सर्किट ब्रेक, ८४ अंकले बढेपछि कारोबार रोकियो

४ असार, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ का लागि आएको मौद्रिकनीति पछि खुलेको सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।

आइतबार ६ प्रतिशतले बजार बढेर सर्किट ब्रेक लागेपछि दिनभरकै कारोबार रोकिएको छ । यस अवधिमा सेयर कारोबार मापक नेप्से परिसूचक ८४.२६ अंकले बढेको छ । सेयर बजारमा कारोबार हुने उपसमुहहरु म्युचुअल फण्डबाहेक सबै हरियाली छाएका छन् ।

कारोबार खुलेको ६ मिनेटमा ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि कारोबार बन्द गरिएको थियो । २० मिनेटपछि खुलेको बजार केहिबेरमै ५ प्रतिशतले बढ्यो ।

त्यसपछि ४० मिनेट बन्द गरियो । दोस्रो पटक सर्किट पछि खुलेको १ मिनेटमै ६ प्रतिशतले बढेपछि दिनभरका लागि बजार बन्द गरिएको छ । अब सोमबारमात्रै कारोबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment